अर्थमन्त्रीको आश्वासन : राजश्व बढाउन करको दर घटाउँछाैँ
सारांश
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजश्व बढाउन करको दर घटाएर दायरा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
- नाडा अटोमोबाइल्स एसोसिएसनले अटोमोबाइल क्षेत्रको समस्या र सुधारका उपायबारे अर्थमन्त्रीलाई ३६ बुँदे सुझाव पेस गरेको छ।
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छलफल गरेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेट गरी क्षेत्रगत समस्या र सुधारका उपायबारे जानकारी गराएको हो ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले सरकारको मुख्य ध्यान राजश्व सङ्कलनमा रहेको र त्यसका लागि करको दर घटाएर दायरा विस्तार गर्ने सोचमा सरकार रहेको बताए । उनले निजी क्षेत्रमैत्री नीति ल्याउने आश्वासन दिँदै अनियमितता हटाउन र सडक निर्माणमा ठुलो लगानी गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। आगामी बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने समेत उनले जानकारी दिए ।
नाडाका अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रलाई माथि उठाउन नयाँ नीति–नियमको खाँचो रहेको बताए। उनले अटोमोबाइल उद्योगका लागि आयात गरिने कच्चा पदार्थमा छुट दिनुपर्ने माग गरे । ‘नेपालमै टायर, ट्युब, ब्याट्री र हेलमेट जस्ता वस्तु उत्पादन भइरहेका छन्, तर तिनको गुणस्तर मापन गर्ने यन्त्र सरकारसँग नहुँदा व्यवसायीले समस्या भोग्नुपरेको छ,’ उप्रेतीले भने। उनले नाडाको तर्फबाट ३६ बुँदे लिखित सुझाव समेत मन्त्रीलाई बुझाए ।
छलफलमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनेन्ट उद्योगको राम्रो सम्भावना रहेको औँल्याए । त्यस्तै, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि स्थिर नीतिको आवश्यकता रहेको र सीमा क्षेत्रमा हुने चोरी निकासी रोक्न कडाइ गर्नुपर्ने सुझाव दिए ।
उपाध्यक्ष विक्रम सिंघानियाले स्वदेशी उद्योगलाई प्रोत्साहन दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठकको पनि उपस्थिति थियो।
अटोमोबाइल क्षेत्र चलायमान हुँदा सरकारको राजश्व बढ्ने र रोजगारीका अवसर समेत सिर्जना हुने व्यवसायीहरूको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण