अब नयाँ सवारी लाइसेन्स २४ घण्टामै, पुराना असार मसान्तभित्रै छापिने
काठमाडौँ । नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागु गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापिने भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागबाट डाटा प्राप्त हुनासाथ सुरक्षण मुद्रण केन्द्रले २४ घण्टाभित्र कार्ड छपाइ गरी विभागलाई उपलब्ध गराउनेछ । यो व्यवस्था भए अब नयाँ आवेदकहरूले लाइसेन्स कार्डका लागि लामो समय कुर्नुपर्दैन र झन्झटबाट मुक्ति पाउनेछन् ।
साथै लामो समयदेखि छाप्न बाँकी रहेका करिब २१ लाख पुराना लाइसेन्सहरू पनि आगामी असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ । मन्त्री तिमिल्सिनाले भनेका छन्, 'हाल छपाई गर्न बाँकी रहेका करिब २१ लाख अनुमतिपत्र २०८३ साल असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइनेछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण