राजनीति
गणेश पराजुलीको सभापतित्वमा प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन प्रस्ताव
सोमबार, २३ चैत २०८२, १४ : ३८
सारांश
- प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठनका लागि प्रस्ताव पेस गरिएको छ।
- सांसद कविन्द्र बुर्लाकोटीले गणेश पराजुलीको सभापतित्वमा १४ सदस्यीय समितिको नाम प्रस्ताव गरेका छन्।
- समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउने र १४ दिनभित्र आफ्नो काम सम्पन्न गर्नेछ।
काठमाडाैँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठनका लागि प्रस्ताव भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले मस्यौदा समितिको सभापतिमा पराजुली र समिति सदस्यहरूको नाम प्रस्ताव गरेका थिए ।
समिति सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराजव राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई,रेखा कुमारी यादव यज्ञमणी न्यौपाने, सुलभ खरेल रहेका छन् ।
समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यावधि १४ दिनको हुनेछ । प्रस्ताव माथि अहिले छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण