बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

डीपीले कुर्सी फेर्दा चर्चा

सोमबार, २३ चैत २०८२, १७ : ५०
सोमबार, २३ चैत २०८२

सारांश

  • सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा आफ्नो कुर्सी परिवर्तन गराएका छन्।
  • अर्यालले अन्य सांसदहरूको जस्तै समान कुर्सी राख्न निर्देशन दिएपछि सचिवालयले सो कार्य गरेको हो।
  • सभामुखको कुर्सी परिवर्तनको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले कुर्सी फेरेका छन्। आइतबार मात्रै प्रतिनिधि सभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका सभामुख अर्यालले सोमबारदेखि सभामुखको आसनमा बसेर सभा सञ्चालन गरेका थिए । 

उनी सभामुखको आसनमा जाँदा कुर्सी अन्य सांसदहरूको भन्दा फरक देखेपछि परिवर्तन गरेर सबैको जस्तै कुर्सी राख्न निर्देशन दिए । त्यस अनुरूप उनको कुर्सी फेरिएको थियो। सभाकाे बैठक सुरु गर्न पुगेपछि अर्यालले कुर्सी फेर्न दिएकाे निर्देशन अहिले सामाजिक सञ्जालमा चर्चाकाे विषय बनेकाे छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख अर्यालले कुर्सी परिवर्तन गरेको पुष्टि गरे ।

‘पहिला डेकोरेसनका क्रममा अर्कै कुर्सी राखिएको थियो । ज्येष्ठ सदस्यज्यू राखिएको त्यही कुर्सीमा बस्नुभयो,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने, ‘आज सभामुखज्यूले सबैको जस्तो कुर्सी राखौँ । फरक नगरौँ भन्नुभयो । त्यसपछि परिवर्तन गरियो ।’

यससँगै सभामुख र सांसदहरूका लागि समान कुर्सीको व्यवस्थापन गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप