काठमाडौँको पिंगलास्थानमा प्रहरीको गोली चल्यो, एक किलो ब्राउन सुगरसहित कारोबारी पक्राउ
सोमबार, २३ चैत २०८२, २३ : ३०
सारांश
- काठमाडौँको पिंगलास्थानमा लागु औषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।
- प्रहरीको गोली लागेर एक जना कारोबारी घाइते भएका छन् भने उनको साथबाट एक किलो ब्राउन सुगर बरामद भएको छ।
काठमाडौँ । राजधानीको पिंगलास्थान क्षेत्रमा आज लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ । लागु औषध नियन्त्रण ब्युरोको विशेष टोलीले चलाएको गोली लागेर एक जना कारोबारी घाइते भएका छन् भने उनको साथबाट लागु औषध बरामद भएको छ ।
ब्युरोको टोलीले लागु औषधको कारोबार हुन लागेको सूचनाको आधारमा कारोबारीलाई पक्राउ गर्न पिंगलास्थान पुगेको थियो । सोही क्रममा कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाउनु परेको स्रोतले जनाएको छ । प्रहरीको गोली लागेर सामान्य घाइते भएका ती व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले घटनास्थलबाट अन्दाजी एक किलोग्राम अवैध लागु औषध ब्राउन सुगर बरामद गरेको छ । घटनापछि थप अनुसन्धान र सुरक्षाका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँको टोली पनि घटनास्थलमा खटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण