फेटा गाउँपालिकाको सूचनामा भ्रष्टाचारः तीन जनालाई कैद र जरिवाना
सारांश
- विशेष अदालतले बाराको फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रममा भ्रष्टाचार गरेको ठहर गर्दै तीन जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।
- अदालतले गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि र नवराज निरौलालाई दोषी ठहर गर्दै जनही ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ जरिवाना गरेको छ।
काठमाडौँ । विशेष अदालतले बाराको फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमको बोलपत्र आह्वानसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै तीन जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।
न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला गरेको हो । अदालतले गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि र सो संस्थाका प्रबन्ध निर्देशक नवराज निरौलालाई दोषी ठहर गरेको छ । मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ।
अदालतले मुख्य कसुरदार ठहरिएका गौरी शंकर कुमार सिंहलाई ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना गर्ने फैसला गरेको छ ।
त्यस्तै मतियारको भूमिकामा रहेका नेपाल मिडिया हाउस प्रालि र त्यसका प्रबन्ध निर्देशक नवराज निरौलालाई पनि जनही ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना तोकिएको छ । साथै उनीहरू तीनै जनालाई 'अपराध पीडित संरक्षण ऐन, २०७५' बमोजिम जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ ।
बाराको फेटा गाउँपालिका अन्तर्गत कृषि विद्युतीकरण कार्यक्रमका लागि पोल गाड्ने र तार तान्ने ठेक्काको बोलपत्र आह्वान सम्बन्धी सूचना 'सौर्य दैनिक' पत्रिकामा २०७९ कात्तिक २० गते प्रकाशित भएको भनी झुट्टा बिल र भरपाई तयार पारिएको थियो ।
सोही झुट्टा कागजका आधारमा १ लाख ४२ हजार १६० रुपैयाँ सरकारी रकम भुक्तानी लिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण