प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्यो पत्रकार लेखनवृत्ति कार्यक्रम
गण्डकी । गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति कार्यक्रम सुरु गरेको छ । प्रदेशमा क्रियाशील पत्रकारहरूलाई खोजमूलक, अनुसन्धानमूलक र आलेखजन्य सामग्री उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो।
लेखनवृत्ति प्रदानका लागि छुट्टै कार्यविधि बनाएर काम थालिएको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताइन् । चालु आर्थिक वर्षमा प्रदान गरिने लेखनवृत्तिका लागि इच्छुक पत्रकारहरूलाई आवेदन दिन गत आइतबार १५ दिने सूचना प्रकाशन गरिएको उgको भनाइ छ
लेखनवृत्ति कार्यक्रममा सहभागी हुनलाई प्रदेशभित्र सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुपर्ने प्रावधान राखिएको छ । कुनै सञ्चारमाध्यममा आबद्ध नभए पनि तीन वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको स्वतन्त्र पत्रकारले पनि आवेदन दिन सक्ने प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक विकास कार्यक्रम र पत्रकार लेखन वृत्ति कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८२ बमोजिम लेखनवृत्ति प्रदान गर्न लागिएको प्रेस रजिष्ट्रार भण्डारीले बताइन्। लेखनवृत्ति कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाइन र फोटो पत्रकारितामा सक्रिय पत्रकारलाई समेटिने भएको छ।
लेखनवृत्ति कार्यक्रममा सहभागी हुन चाहने पत्रकारले कार्यविधिले तोकेबमोजिमको निवेदन, कार्यक्षेत्र, अनुभव र जिम्मेवारी खुल्ने विवरण, लेखन तथा प्रसारण गर्न चाहेको विषयको ३०० शब्दसम्मको अवधारणा, पत्रकार परिचयपत्रको प्रतिलिपि स्वतन्त्र पत्रकारको हकमा ३ वर्ष क्रियाशील रहेको प्रमाण, नागरिकता र स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने जनाइएको छ।
छनोट भएका पत्रकारले कार्यविधिले तोकेको समयभित्र खोजमूलक सामग्री तयार गरी प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रेस रजिष्ट्रारको कार्यालयले जनाएको छ। छनोट हुने पत्रकारलाई प्रतिव्यक्ति बढीमा रु २५ हजार प्रदान गरिने भएको छ । विज्ञहरूको समितिले लेखनवृत्ति प्राप्त गर्ने पत्रकाहरूको नाम छनोट गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण