सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इन्धन र खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाउन कांग्रेसको माग

बुधबार, २५ चैत २०८२, १५ : २३
बुधबार, २५ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसले इन्धन र खाद्यान्नको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई अल्पकालीन र दीर्घकालीन योजना बनाउन माग गरेको छ।
  • सांसद प्रकाशसिंह कार्कीले नेपाल बाह्य हस्तक्षेपको अखडा बन्न सक्ने खतरा औंल्याउँदै सरकारलाई सचेत रहन आग्रह गरेका छन्।

काठमाडौँ ।  नेपाली कांग्रेसले इन्धनको मूल्यवृद्धि, खाद्यान्नको अभाव, बजार मूल्यवृद्धि लगायतका समस्या समाधानका लागि तत्काल आवश्यक योजना बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद प्रकाशसिंह कार्कीले भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै सरकारले ती समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न ढिलाइ गर्न नहुने बताए। सांसद कार्कीले नेपाल बाह्य मुलुकको चलखेल गर्ने अखडा बन्ने खतरा रहेकाले सरकारले त्यस सम्बन्धमा विचार गरेर अघि बढ्न आवश्यक रहेको समेत बताए।

उनले भने, ‘हालको भूरणनीतिक अवस्थालाई मध्यनजर गर्दै उत्पन्न हुने विविध समस्या र चुनौतीहरूमा सरकारको गम्भीर ध्यानाकर्षणको आवश्यकता छ। यस्ता समस्याहरूलाई पहिचान गर्दै सरकारले पूर्वतयारी गर्नुपर्ने आवश्यकता ठानेको छु। यसले मुलुकमा उत्पन्न हुने अल्पकालीन र दीर्घकालीन विपद् पहिचान गर्नुपर्ने आवश्यकता देखिन्छ। इन्धनको मूल्यवृद्धि, खाद्यान्नको अभाव र बजार मूल्यवृद्धि नियन्त्रणका लागि आवश्यक योजना बनाउनु आजको प्राथमिकता हो। यसमा म सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद कार्कीले मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको पनि बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप