एउटा रुटमा १८ देखि ५२४ रुपैयाँसम्म बढ्यो गाडीभाडा, कुन रुटमा कति ?
सारांश
- अन्तर प्रदेश सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि भएको छ।
- नयाँ सूचीअनुसार विभिन्न रुटमा न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्म भाडा बढेको छ।
- काठमाडौँबाट पोखरा र धनगढी लगायतका प्रमुख गन्तव्यको भाडादरमा पनि उल्लेख्य वृद्धि भएको छ।
काठमाडौँ । लामो तथा मध्यम दुरीका (अन्तर प्रदेश) यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडादर वृद्धि भएको छ। नयाँ सूचीअनुसार सार्वजनिक सवारीको भाडा एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्मले बढेको छ।
सार्वजनिक गरिएको २८० वटा विभिन्न रुटहरूको भाडा सूचीअनुसार सबैभन्दा कम नारायणगढ–कावासोती बजारसम्म १८ रुपैयाँ भाडा बढेको छ । त्यस्तै, सिन्धुलीमाढी–बर्दिबास रुटमा जम्मा १९ रुपैयाँ भाडा बढेको छ। उक्त रुटको पुरानो भाडा १११ रुपैयाँ रहेकोमा अब १३० रुपैयाँ पुगेको छ।
त्यसैगरी, सबैभन्दा धेरै काठमाडौँ–अत्तरिया हुँदै बाजुराको मार्तडी पुग्ने रुटमा ५२४ रुपैयाँ भाडा बढेको छ । पुरानो भाडा ३ हजार १३२ रुपैयाँ रहेको यो रुटमा यात्रा गर्न अब ३ हजार ६५६ रुपैयाँ तिर्नुपर्नेछ। दोस्रो धेरै भाडा काठमाडौँ–अत्तरिया–चैनपुर (बझाङ) रुटमा ५२० रुपैयाँले बढेर ३ हजार ६३५ रुपैयाँ पुगेको छ।
राजधानी काठमाडौँबाट बाहिरिने प्रमुख गन्तव्यहरूको भाडा पनि उल्लेख्य रूपमा बढेको छ। काठमाडौँबाट पोखरा जाने यात्रुले अब १०९ रुपैयाँ बढी तिर्नुपर्नेछ भने काठमाडौँबाट धनगढी जान ३३६ रुपैयाँ थप लाग्नेछ।
गाडीभाडा, कुन रुटमा कति ? (सूची)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण