पत्रकारको भूमिकाले नीतिगत सुधारलाई मार्गदर्शन गर्यो : चन्द्रप्रसाद ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य सुदृढ गर्दै देशको आर्थिक विकासलाई गति दिनुपर्ने बताएका छन्। पत्रकार तथा सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पत्रकारिताले नीतिगत सुधार र आर्थिक बहसलाई मार्गदर्शन गरेको उल्लेख गरे।
कार्यक्रममा उनले पत्रकारहरूसँग प्रत्यक्ष भेटघाट र विचार आदान–प्रदान गर्ने परम्पराले निजी क्षेत्र र सञ्चार क्षेत्रबीच साझा दृष्टिकोण निर्माणमा सहयोग पुगेको बताए। उनले यो कार्यक्रम धन्यवाद ज्ञापन मात्र नभई राष्ट्रको आर्थिक विकासका विषयमा सहकार्य विस्तार गर्ने अवसर भएको धारणा व्यक्त गरे।
ढकालले आफ्नो तीनवर्षे कार्यकालको सुरुवात अत्यन्त चुनौतीपूर्ण अवस्थामा भएको स्मरण गर्दै कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा तथा बारम्बारको सरकार परिवर्तनले अर्थतन्त्र कमजोर बनेको बताए। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण तयार गर्ने प्राथमिकता अघि सारिएको उनले बताए।
उनका अनुसार कार्यकालको सुरुवातमा पाँच मुख्य प्राथमिकता तय गरिएको थियो–आर्थिक संकट समाधान, लगानी वातावरण सुधार, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जना, र व्यवसायीहरूको मनोबल तथा सुरक्षामा ध्यान। तीन वर्षको अवधिमा यी सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको उनले दाबी गरे।
ढकालले महासंघले नीतिगत सुधारमा सक्रिय भूमिका खेल्दै सरकार, राजनीतिक दल र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर राष्ट्रिय आर्थिक बहस आयोजना गरेको बताए। यसबाट उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिस गरिएको उनले जानकारी दिए।
त्यसैगरी निजी क्षेत्रका उद्योग तथा व्यवसायलाई शान्ति क्षेत्र घोषणा गरिएको र निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत भएको पनि उनले उल्लेख गरे। द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार भई विभिन्न मुलुकसँग सम्झौता प्रक्रिया अघि बढेको उनले बताए।
राज्य–निजी क्षेत्र सम्बन्ध सुधारतर्फ समेत महासंघले महत्वपूर्ण पहल गरेको उनले बताए। अख्तियारको नियमन दायरामा निजी क्षेत्र ल्याउने प्रस्तावलाई परिमार्जन गराउँदै लगानीमैत्री वातावरण जोगाउन सफल भएको उनको भनाइ थियो। साथै, डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद समाधानका लागि मध्यस्थता गरिएको पनि उनले उल्लेख गरे।
ढकालले आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको जानकारी दिए। भारत, चीन, यूएई, कतार र बेलायतलगायत मुलुकमा लगानी सम्मेलन तथा संवाद कार्यक्रम आयोजना गरी नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको उनले बताए।
संस्थागत सुधारतर्फ महासंघको विधान संशोधन, अध्यक्षको प्रत्यक्ष निर्वाचन, महिला सहभागिता वृद्धि र जिल्ला–नगर प्रतिनिधित्व सुदृढीकरण जस्ता सुधार गरिएको पनि उनले जानकारी दिए।
पत्रकारहरूको भूमिकाबारे बोल्दै ढकालले आर्थिक पत्रकारिताले तथ्यमा आधारित विश्लेषण र रचनात्मक आलोचनामार्फत नीतिगत सुधारलाई मार्गदर्शन गरेको बताए। पत्रकारिता सूचना प्रवाह मात्र नभई नीति निर्माणको मार्गदर्शक शक्ति भएको उनको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा उनले आफ्नो कार्यकाल सफल बनाउन पत्रकारहरूबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै महासंघ र सञ्चार क्षेत्रबीच सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण