रामकृष्ण ढकाल निर्मित ‘मालती मंगले’को टिजर : ग्रामीण जीवन, प्रेम र संघर्ष
सारांश
- गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म 'मालती मंगले'को टिजर सार्वजनिक भएको छ।
- प्रकु पाण्डेद्वारा निर्देशित यस फिल्ममा विजय बराल र वर्षा राउत मुख्य भूमिकामा रहेका छन्।
- ग्रामीण प्रेमकथामा आधारित यो फिल्म आगामी वैशाख २५ गते रिलिज हुने तयारीमा छ।
काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक भएको छ । प्रकु पाण्डेले निर्देशन गरेको फिल्मले ग्रामीण दम्पतीको प्रेम, त्यसमा आउने उतारचढाव र सामाजिक परिवेशको कथा भन्छ ।
टिजरमा फिल्मका शीर्ष कलाकार विजय बराल र वर्षा राउतका साथै मेक्सम गौडेल लगायत कलाकार देखिएका छन् । टिजरको सुरूवात विजय र वर्षाको पात्रबिच प्रेमाकर्षणबाट भएको छ । त्यसपछि सोही सम्बन्धमा आएका उतारचढावको संकेत दिने प्रयास गरिएको छ ।
रानी फिल्म्सको प्रस्तुति रहेको ‘मालती मंगले’मा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी तथा बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले समेत अभिनय गरेका छन् । फिल्ममा रोशन विश्वकर्माको कोरियोग्राफी, महेश पौडेलको छायांकन, रोमी मोसेजको सम्पादन र संयोग गुरागाईंको पटकथा तथा संवाद छ । मनोज जोशीले कला निर्देशन गरेका छन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।
नेपाली सुगम संगीत र पार्श्व गायनका प्रसिद्ध गायक रामकृष्ण ढकाल फिल्म निर्माणमा आएका छन् । उनले अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षमा आधारित फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए ।
फिल्म ‘मालती मंगले’का दुई गीत यसअघि नै लोकप्रिय भइसकेका छन् । प्रेमिल गीत ‘सुनैको सपनी’ र लोकशैलीको गीत ‘ढुंगामाथि लेउ’ले दर्शक-श्रोताको मन जितिरहेका छन् । फिल्म आगामी वैशाख २५ गते रिलिज तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण