कञ्चनपुर कारागारबाट १६ केदीबन्दी स्थानान्तरण
सारांश
- कञ्चनपुर कारागारमा भएको झडपपछि १६ कैदीबन्दीलाई बाँके सारियो।
- कारागारभित्रको विवादका कारण यसअघि पनि कैदीबन्दी सारिएको थियो।
- प्रहरीका अनुसार, कैदीबन्दीहरूबीचको मनमुटावका कारण स्थानान्तरण गरिएको हो।
महेन्द्रनगर । महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण गरिएको छ ।
बुधबार कञ्चनपुर कारागारभित्र दुई समूहबिच झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका थिए । त्यसपछि कारागार प्रशासनले कैदीबन्दीलाई नौबस्ता कारागार स्थानान्तरण गरेको हो । केही समयअघि कैदीबन्दीबिच झडप हुँदा जिल्ला प्रशासन कार्यालयले यहाँबाट २० कैदीबन्दी स्थानान्तरण गर्न खोजेको थियो । स्थान्तरणको तयारी गर्दा कारागारको परिस्थिति असहज बनेपछि तत्काल स्थानान्तरण टरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले कैदीबन्दी स्थानान्तरण गर्न आवश्यक भएको जानकारी दिनुभयो । आपसी मनमुटावको विषयमा दुई पक्षबिच झडप हुँदा घाइते भएका र अन्यलाई स्थानान्तरण गरिएको हो । गत पुसमा पनि कारागारमा झडप हुँदा नौ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण