चौधरी र बडोनीको अर्धशतकमा लखनउको रोमाञ्चक जित, अन्तिम बलमा केकेआर स्तब्ध
सारांश
- मुकुल चौधरी र आयुष बडोनीको अर्धशतकको मद्दतले लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ।
- लखनउले १८२ रनको लक्ष्य अन्तिम बलमा पुरा गर्दै रोमाञ्चक जित दर्ता गरेको हो।
काठमाडाैँ । मुकुल चौधरी र आयुष बडोनीको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ । अन्तिम बलसम्म चलेको प्रतिस्पर्धामा लखनउले १८२ रनको लक्ष्य सफलतापूर्वक पछ्याउँदै अविस्मरणीय जित दर्ता गर्यो ।
कोलकाताले दिएको १८२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा लखनउले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थियो । लखनउका लागि एम. चौधरीले विस्फोटक ब्याटिङ गर्दै मात्र २७ बलमा अविजित ५४ रनको महत्त्वपूर्ण पारी खेले । उनलाई अर्को छेउबाट आयुष बडोनीले पनि ३४ बलमा ५४ रनको योगदान दिँदै बलियो साथ दिएका थिए। यही साझेदारीले लखनउको जितको आधार तयार पारेको थियो।
खेल अन्तिम ओभरमा पुग्दा निकै तनावपूर्ण बनेको थियो, तर लखनउका ब्याट्सम्यानहरूले संयमता नगुमाई अन्तिम बलमा विजयी रन प्रहार गर्दै टोलीलाई महत्त्वपूर्ण दुई अंक दिलाए। कोलकाताका लागि अनुकुल रोय र वैभव अरोराले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसअघि, पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । कोलकाताका लागि युवा ब्याट्सम्यान अंगकृश रघुवंशीले सर्वाधिक ४५ रन (३३ बलमा) बनाए भने अनुभवी अजिंक्य रहाणेले २४ बलमा ४१ रनको आक्रामक पारी खेले । अन्त्यतिर रोभमन पावेलले २४ बलमा अविजित ३९ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए ।
लखनउका लागि दिग्वेश राठी, एम। सिद्धार्थ र आवेश खानले एक(एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण