फ्राइडे रिलिज : देशभर विराजको फिल्म ‘राम नाम सत्य’
सारांश
- नयाँ वर्षको अवसर पारेर आज शुक्रबारबाट देशभर फिल्म 'राम नाम सत्य' प्रदर्शनमा आएको छ।
- अन्य फिल्महरू सरेका कारण यस फिल्मले एकल प्रदर्शनको अवसर पाएको छ।
- सस्पेन्स, प्रेम र एक्सनले भरिएको यस फिल्मको निर्देशन माइकल चन्दले गरेका हुन्।
काठमाडौँ । आज शुक्रबारबाट देशभर फिल्म ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ । नयाँ वर्षको अवसर पारेर देशभर यो फिल्म प्रदर्शनमा आएको हो । आजबाटै प्रदर्शनमा आउने भनिएको ‘२६ को आकडा’ र ‘डल्लेले इन्ट्री मार्यो’ सरेपछि यो फिल्मले एकल प्रदर्शनकाे अवसर पाएको हो ।
सस्पेन्स, प्रेम र एक्सनले भरिएको फिल्ममा बिराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, खुशी कार्की, सुपुस्पा भट्ट, दिनेश डीसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरूको अभिनय छ ।
यस्तै, फिल्ममा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र शृङ्खला विष्ट बाल–कलाकारको रूपमा छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।
फिल्मको निर्देशन माइकल चन्दले गरेका हुन् । चन्दको यो निर्देशनमा डेब्यु फिल्म हो । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको सङ्गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण