मत्स्य क्षेत्रका समस्या समाधानका लागि मन्त्री चौधरी र किसानबिच छलफल
सारांश
- कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले मत्स्यपालक किसानहरूसँग माछा पालनका समस्या र समाधानका विषयमा छलफल गरेकी छन्।
- किसानहरूले माछा पालनलाई कृषि क्षेत्रमा वर्गीकरण गर्न, भुरा आयात सरल बनाउन र माछाको न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन्।
- नेपालमा हाल वार्षिक १ लाख २५ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ र यस क्षेत्रले ५ लाखभन्दा बढीलाई रोजगारी दिएको छ।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले मत्स्यपालक किसानसँग छलफल गरेकी छन् । नेपालमा उत्पादन हुने माछा, बजार व्यवस्थापन तथा किसानले भोग्दै आएका समस्याबारे छलफल भएको हो ।
छलफलका क्रममा किसानले मन्त्री चौधरीसमक्ष विभिन्न माग प्रस्तुत गरेका छन् । उनीहरूले माछा पालनलाई उद्योगको सट्टा कृषि क्षेत्रअन्तर्गत वर्गीकरण गर्नुपर्ने, माछाका भुरा (फिङ्गरलिङ) आयात प्रक्रियालाई सरल र करमुक्त बनाउनुपर्ने तथा देशभर गुणस्तरीय ह्याचरी स्थापना गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै, उत्पादन लागतका आधारमा माछाको न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रत्येक वर्ष कम्तीमा १० प्रतिशतले वृद्धि सुनिश्चित गर्नुपर्ने र किसानले बिक्री गरेको उत्पादनको भुक्तानी १५ दिनभित्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने मागसमेत राखिएको छ ।
सङ्घले खुला सीमाका कारण भइरहेको अवैध माछा आयातले स्वदेशी उत्पादनमा गम्भीर असर परेको उल्लेख गर्दै चोरी तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयको नेतृत्वमा केन्द्रदेखि स्थानीय तहसम्म स्थायी संयन्त्र गठन गर्नुपर्ने माग उनीहरूको छ ।
हाल नेपालमा वार्षिक करिब १ लाख २५ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । यसमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा पोखरी (एक्वाकल्चर) प्रणालीबाट प्राप्त हुने गरेको छ ।
मत्स्य व्यवसायमा संलग्न किसानको सङ्ख्या बढ्दो क्रममा रहेको र यस क्षेत्रले ५ लाखभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दै आएको नेपाल मत्स्य विकास सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण