‘निर्माण आपतकाल ’ घोषणा गर्न व्यवसायीको माग
सारांश
- बागमती प्रदेश निर्माण व्यवसायी महासंघले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको जनाएको छ।
- महासङ्घले निर्माण क्षेत्रमा तत्काल 'निर्माण आपत्काल' घोषणा गर्न र मूल्य समायोजन मार्ग निर्देशिका जारी गर्न सरकारसँग माग गरेको छ।
काठमाडौँ । बागमती प्रदेश निर्माण व्यवसायी महासंघले इन्धन र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिका कारण निर्माण उद्योग ठप्प हुने स्थिति आएको भन्दै ‘निर्माण आपत्काल’ घोषणा माग गरेको छ ।
महासङ्घले एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन र विटुमिन, सिमेन्ट, डन्डी जस्ता निर्माण सामग्रीको मूल्यमा अप्रत्याशित वृद्धि भएकाले तत्काल निर्माण क्षेत्रमा आपत्काल घोषणा गर्न माग गरेको जनाएको छ । बजारमा सामग्रीको अभाव र मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउन नसकिने र निर्माण उद्योग धराशायी हुने अवस्था पुगेको महासङ्घको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैङ्कको मूल्य सूचकाङ्कले बजारको वास्तविक मूल्य वृद्धिलाई समेट्न नसक्दा व्यवसायीहरू ठुलो आर्थिक भारमा परेका छन् ।’
बजारमा मूल्य बढे पनि राष्ट्र बैङ्कको इन्डेक्सले मूल्य घटेको देखाउने अव्यवहारिक प्रचलनका कारण मूल्य समायोजन हुन नसकेको व्यवसायीहरूको गुनासो छ ।
महासङ्घले निर्माण व्यवसायीहरूलाई तत्काल राहत दिन, ‘मूल्य समायोजन मार्ग निर्देशिका–२’ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था गर्न प्रदेश र सङ्घीय सरकारसँग जोडदार माग गरेको छ ।
माग सम्बोधन नभए निर्माण कार्यहरू पूर्ण रूपमा ठप्प हुने चेतावनी समेत महासङ्घले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण