बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

वैभवको विस्फोटक ब्याटिङ, राजस्थानको लगातार चौथो जित

शनिबार, २८ चैत २०८२, ०६ : ४०
शनिबार, २८ चैत २०८२

सारांश

  • १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले आईपीएलमा लगातार चौथो जित हात पारेको छ।
  • राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरुले दिएको २०२ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ।
  • जितसँगै राजस्थान ४ खेलमा ८ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा कायम रहेको छ।

गुवाहाटी । १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीको आक्रामक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार चौथो जित निकालेको छ।

शुक्रबार राति गुवाहाटीको बरसापारा क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गर्‍यो। बेंगलुरुले दिएको २०२ रनको विशाल लक्ष्य राजस्थानले १८ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गरेपछि टिम अङ्क तालिकाको शीर्ष स्थानमा सुरक्षित देखिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनाएको थियो। बेंगलुरुका लागि कप्तान रजत पाटीदारले ४० बलमा ६३ रनको कप्तानी इनिङ खेले भने विराट कोहलीले १६ बलमा ३२ रन जोडे। बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर, रवि बिश्नोई र बृजेश शर्माले समान २–२ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा राजस्थानले सुरुवातमै ओपनर यशस्वी जायसवाललाई गुमाए पनि वैभव सूर्यवंशी र ध्रुव जुरेलको विष्फोटक साझेदारीले खेलको दिशा बदलिदियो। खेलको मुख्य आकर्षण बनेका १५ वर्षीय वैभवले मात्र २६ बलमा ७८ रनको आतिशी पारी खेले।

 उनले आफ्नो इनिङमा ८ चौका र ७ छक्का प्रहार गर्दै बेंगलुरुका बलरलाई निरिह बनाए। वैभवले विकेटकिपर ध्रुव जुरेलसँग मिलेर मात्र ३७ बलमा १०८ रनको साझेदारी गरे। जुरेल ८१ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए।

यो जितसँगै राजस्थान ४ खेलबाट ८ अङ्क जोड्दै तालिकाको पहिलो स्थानमा छ भने हारपछि बेंगलुरु ४ अङ्कका साथ तेस्रो स्थानमा खुम्चिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप