‘परालको आगो’ले ल्यायो दर्शकमाझ ‘निम्तो सुपारी’
सारांश
- आगामी वैशाख ११ गते प्रदर्शन हुने फिल्म 'परालको आगो'को 'निम्तो सुपारी' गीत सार्वजनिक भएको छ।
- गीतमा सुहाना थापा, प्रकाश सपुत, सौगात मल्ल र सिर्जना अधिकारीको अभिनय तथा केमेष्ट्री देखिएको छ।
काठमाडौँ । आगामी वैशाख ११ गतेबाट हलमा लाग्ने फिल्म ‘परालको आगो’को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। सत्यराज आचार्य र मेलिना राईकाे स्वर रहेको गीतमा सङ्गीत सत्य र स्वरूप आचार्यले दिएका छन्। सुरेन्द्र रानाको शब्द गीतमा छ ।
गीतकोमा फिल्मका मुख्य कलाकार सुहाना थापा,प्रकाश सपुतको जोडी देखिएका छन् भने अर्का जोडी सौगात मल्ल र सिर्जना अधिकारी देखिएका छन्। उनीहरूको केमेष्ट्री मिलेको देखिन्छ। ग्रामीण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा सङ्कल्प भुजेलको छायांकन रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। फिल्मका गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ। फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । सुलभी पोखरेल र सत्यम पोखरेल रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण