पोखरामा नयाँ वर्ष महोत्सवको तयारी सकियो
शनिबार, २८ चैत २०८२, १६ : ०५
सारांश
- पोखरामा २१ औँ संस्करणको फेवा नव वर्ष महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।
- महोत्सवमा ३ लाख भन्दा बढी पर्यटक सहभागी हुने र विभिन्न सांस्कृतिक कार्यक्रम सहित होटलमा छुटको व्यवस्था गरिएको छ।
पोखरा । पोखरामा हुने २१ औँ संस्करणको फेवा नव वर्ष महोत्सवको तयारी पूरा भएको छ । आइतबारदेखि सुरु हुने महोत्सव वैशाख १ गतेसम्म चल्नेछ ।
खहरेदेखि सहिद चोक बिचको सडकमा आयोजना हुने महोत्सवमा ३ लाख भन्दा बढी पर्यटक सहभागी हुने अनुमान गरिएको छ । आइतबार खहरे चोकबाट सांस्कृतिक झाँकी र र्याली अम्बोटमा पुगेर उद्घाटन समारोह हुनेछ ।
पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै हुन लागेको महोत्सवमा होटलहरुले २५ प्रतिशत छुट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि ल्याएको छ । महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पञ्चेबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण