मधुबालाको बायोपिकमा ‘धुरन्धर’ गर्ल सारा अर्जुन मुख्य दाबेदार
सारांश
- हिन्दी सिनेमाकी सदाबहार सुन्दरी मधुबालाको जीवनमा आधारित बायोपिकका लागि सारा अर्जुन मुख्य दाबेदारका रूपमा अगाडि आएकी छिन्।
- सञ्जय लीला भन्सालीद्वारा निर्माण हुने उक्त फिल्म सन् २०२६ को अन्त्यतिर छायाङ्कन सुरु हुने सम्भावना रहेको छ।
मुम्बई । हिन्दी सिनेमाकी सदाबहार सुन्दरी मधुबालाको जीवनमा आधारित चलचित्र (बायोपिक) लाई लिएर यतिबेला बलिउडमा निकै चर्चा भइरहेको छ। लामो समयदेखि पर्खाइमा रहेको यो प्रोजेक्टमा मधुबालाको प्रतिष्ठित भूमिका कसले निभाउला भन्ने कौतूहलका बीच नयाँ नाम सार्वजनिक भएको छ।
ताजा रिपोर्ट अनुसार, दक्षिण भारतीय र हिन्दी फिल्ममा बाल कलाकारका रूपमा चिनिएकी सारा अर्जुन यो भूमिकाका लागि सबैभन्दा अगाडि छिन्। यस भव्य फिल्मलाई सञ्जय लीला भन्सालीले निर्माण गर्नेछन् भने निर्देशन जसमीत के. रीनले गर्नेछिन्।
सारा अर्जुन हालै प्रदर्शनमा आएको आफ्नो फिल्म 'धुरन्धर' को सफलताका कारण चर्चामा छिन्। बक्स अफिसमा यो फिल्मले उत्कृष्ट प्रदर्शन गरेपछि साराको करियरले नयाँ उचाइ लिएको छ, जसका कारण उनलाई मधुबाला जस्तो आइकनको भूमिका निभाउने अवसर मिल्ने देखिएको हो।
टाइम्सको रिपोर्ट अनुसार फिल्म अहिले प्रि-प्रोडक्सनको चरणमा छ र सन् २०२६ को अन्त्यतिर यसको छायाङ्कन सुरु हुने सम्भावना छ। फिल्मले ५० र ६० को दशकको स्वर्ण युगलाई ठुलो पर्दामा भव्य रूपमा प्रस्तुत गर्नेछ। यसमा मधुबालाको फिल्मी करियरका साथै उनको व्यक्तिगत जीवन, प्रेम सम्बन्ध, संघर्ष र कम उमेरमै भएको दुखद निधनलाई विस्तारमा देखाइनेछ।
यो चुनौतीपूर्ण भूमिकाका लागि साराले विशेष तयारी गर्नुपर्नेछ। मधुबालाको स्वभाव, बोल्ने शैली र पर्दाको जादुमयी उपस्थितिलाई दुरुस्तै उतार्न उनले लुक्स टेस्टदेखि लिएर संवाद डेलिभरीमा समेत कडा मिहिनेत गर्नुपर्ने देखिएको छ।
यसअघि यो भूमिकाका लागि कियारा आडवाणी र अनीत पड्डा जस्ता चर्चित अभिनेत्रीहरूको नाम चर्चामा आए पनि अहिले सारा अर्जुनको नाम बलियो दाबेदारका रूपमा अगाडि आएको छ। यदि यो कास्टिङ फाइनल भएमा साराका लागि यो करियरकै सबैभन्दा ठुलो 'ब्रेक' साबित हुनेछ। यद्यपि, निर्माण पक्षबाट यसको आधिकारिक घोषणा हुन भने बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण