आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बसन्तपुर दरबार स्क्वायरमा भिडभाड, तस्बिरहरू

आइतबार, २९ चैत २०८२, १५ : ४९
आइतबार, २९ चैत २०८२

काठमाडौँ । पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली देशहरूमा इन्धन सङ्कटको  बढ्दै गएको छ।

युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा प्रभाव परेसँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

जसका कारण नेपाल सरकारले पनि पेट्रोलियम पदार्थको  मितव्ययी प्रयोगको विकल्पको रूपमा  शनिबार र आइतबार बिदा दिने निर्णय लिएको छ ।

यसरी आइतबार पनि बिदा दिने सरकारी निर्णयसँगै काठमाडौँको वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भिडभाड बढेको छ । प्राय: शनिबार सर्वसाधारणको बाक्लो भिड लाग्न धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बसन्तपुर दरबार स्क्वायरमा आज आइतबार पनि मानिसहरूको बाक्लो भिड लागेको छ। 

01-Basantapur Durbar square_-199602-Basantapur Durbar square_-199203-Basantapur Durbar square_-199704-Basantapur Durbar square_-199505-Basantapur Durbar square_-199106-Basantapur Durbar square_-199307-Basantapur Durbar square_-199808-Basantapur Durbar square_-199409-Basantapur Durbar square_-200010-Basantapur Durbar square_-1999

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप