गुजरातको लगातार दोस्रो जित, लखनउ ७ विकेटले पराजित
सारांश
- इन्डियन प्रिमियर लिग २०२६ मा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
- लखनउले दिएको १६५ रनको लक्ष्य गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ।
- गुजरातका लागि शुभमन गिल र जोस बटलरले अर्धशतकीय पारी खेल्दै टोलीको जित सुनिश्चित गरेका छन्।
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्सले आफ्नो लयलाई निरन्तरता दिँदै लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको पहिलो खेलमा गुजरातले घरेलु टोली लखनउ सुपर जायन्ट्सलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै महत्वपूर्ण अङ्क बटुलेको हो।
लखनउस्थित इकाना स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयोजक लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रनको मध्यम योगफल खडा गरेको थियो। लखनउका लागि एडेन मार्करमले सर्वाधिक ३० रनको योगदान दिए पनि अन्य ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्।
गुजरातको बलिङमा प्रसिद्ध कृष्णा निकै आक्रामक देखिए। उनले एडेन मार्करम, आयुष बडोनी, निकोलस पुरन र मुकुल चौधरी जस्ता महत्वपूर्ण खेलाडीलाई आउट गर्दै विपक्षी टोलीको ब्याटिङ मेरुदण्ड नै भत्काइदिए। कृष्णाले व्यक्तिगत ४ विकेट लिए भने अशोक शर्माले २ विकेट हात पारे। त्यसैगरी मोहम्मद सिराज र कागिसो रबाडाले पनि १(१ विकेट लिँदै लखनउलाई सस्तैमा समेट्न भूमिका खेले।
१६५ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले केही सम्हालिएर सुरुवात गरे पनि मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्यो। पावरप्लेमा ५२ रन जोड्दा एक विकेट गुमाएको गुजरातका लागि ४५ रनको स्थितिमा साई सुदर्शन बाहिरिएपछि कप्तान शुभमन गिल र जोस बटलरले इनिङ सम्हालेका थिए।
यी दुई अनुभवी ब्याटरले ५८ बलमा ८४ रनको बलियो साझेदारी गर्दै टोलीको जित सुनिश्चित गरे। गिलले ५६ रन तथा बटलरले ६० रन जोडे । दुवैले अर्धशतकीय पारी खेलेपछि गुजरातले १८।४ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
वासिङ्टन सुन्जरले नटआउट रहँदै २१ रन तथा राहुल तेवाटियाले १० रन बनाउँदै टोलीलाई लक्ष्यसम्म पुर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण