आईपीएल २०२६
आइपिएलमा मुम्बई विरुद्ध आरसीबी १८ रनले विजयी
सोमबार, ३० चैत २०८२, ०० : १३
सारांश
- इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ।
- आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४० रनको विशाल योगफल तयार पारेको थियो।
- २४१ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएको उच्च स्कोरको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४० रनको विशाल योगफल तयार पारेको थियो । आरसीबीका लागि फिल सल्टले विस्फोटक ब्याटिङ गर्दै मात्र ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेले ।
२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि शेरफेन रदरफोर्डले अविजित रहँदै ३१ बलमा सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनलाई हार्दिक पाण्ड्याले २२ बलमा ४० तथा रायन रिकेटनले २२ बलमा ३७ रन बनाएर साथ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण