शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

पूर्णबहादुर खड्काले भने– ‘महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक क्रियाशील सदस्यता कसैले खारेज गर्न सक्दैन’

सोमबार, ३० चैत २०८२, १२ : ५०
सोमबार, ३० चैत २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले महाधिवेशनको वैधानिक व्यवस्थाबिना कसैले पनि क्रियाशील सदस्यता खारेज गर्न नसक्ने बताएका छन्।
  • उनले क्रियाशील सदस्यतालाई पार्टी आबद्धताको प्रमाणपत्र र ऐतिहासिक योगदानको निस्साका रूपमा व्याख्या गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी महाधिवेशनले वैधानिक व्यवस्था गरेको अवस्थामा बाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका छन् । 

कार्यवाहक सभापतिको हैसियतमा सोमबार विज्ञप्ति जारी गर्दै खड्काले नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा भएको उल्लेख गरेका छन् । 

खड्काले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु वदनियतपूर्ण भएको पनि उल्लेख गरेका छन् ।

साथै उनले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न हुनेगरी १५ औँ महाधिवेशनको कार्यतालिका सम्पन्न भइसकेको अवस्थामा सोही महाधिवेशनको कार्यतालिकाको समय सीमा भित्र रही नवीकरण तथा वितरण भएका क्रियाशील सदस्यता खारेज भयो अब फेरि अद्यावधिक गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन् भन्नु सरासर  अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक  रहेको पनि उल्लेख गरेका छन् ।

सोमबार नै महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभनिएको प्रष्टीकरण दिएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘क्रियाशील खारेज होइन, उनले नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले आफूलाई प्रश्न गरेको सन्दर्भमा भन्दै लेखेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ ।’

केही दिनअघि कांग्रेसले पुराना क्रियाशील सदस्य खारेज गर्ने र नयाँ बनाउने विषय बाहिरिएको थियो । 

यस्तो छ उनको विज्ञप्ति :

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप