दक्षिण लेबनानमा इजरायली आक्रमण, ५ जनाको मृत्यु
सोमबार, ३० चैत २०८२, १३ : १५
सारांश
- इजरायलले दक्षिण लेबनानमा गरेको आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
- उक्त आक्रमणमा ९ जना घाइते हुनुका साथै घर र विद्यालय भवनमा क्षति पुगेको छ ।
बेरुत । दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ । नेशनल न्युज एजेन्सीका अनुसार मृतकमध्ये एक जनाले बाजौरीयेहमा गरिएको आक्रमणमा ज्यान गुमाएका छन् ।
उक्त आक्रमणमा कम्तीमा ९ जना घाइते भएका छन् भने धेरै घरहरू र एक विद्यालय भवनमा गम्भीर क्षति पुगेको बताइएको छ ।
एनएनएका अनुसार, नबातियेह एल फौका र सर एल घर्बियेहमा दुई जनाको मृत्यु भएको छ भने चौकिनेमा थप दुई जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण