सानिमा बैंकको ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालन, टिकट काट्दा १५ प्रतिशतसम्म छुट पाइने
काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि बससेवामार्फत बस टिकट खरिद गर्दा आकर्षक क्यासब्याकको व्यवस्था गरेको हो ।
यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बससेवामार्फत बस टिकट बुकिङ गर्दा १५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार नेपालभित्रको यात्राका लागि टिकट काट्दा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ र भारत भ्रमणका लागि टिकट काट्दा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ ।
यो योजना वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ । डिजिटल बैंकिङ प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई सरल र सुलभ सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम यो योजना पुनः ल्याइएको बैंकको भनाइ छ ।
बससेवाको यस योजनाका अतिरिक्त सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, होटल, रेष्टुरेन्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा समेत आकर्षक छुट पाउँदै आएका छन् । यसबारे विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।
हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण