नारायणगढ–बुटवल सडक समयमै पूरा गर्न गृहमन्त्री गुरुङले गराए चिनियाँ कम्पनीको ध्यानाकर्षण
सारांश
- गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको निर्माण कार्य समयमै सम्पन्न गर्न चिनियाँ ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन्।
- सडक निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती भोग्नुपरेको र दुर्घटनाको जोखिम बढेको भन्दै उनले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न निर्देशन दिएका छन्।
- चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिले अबको १५ दिनभित्र सडक निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सड्क खण्ड लामो सयमदेखि अलपत्र परेको बारेमा चिनियाँ ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् ।
सो खण्ड अनुगमनको क्रममा गुरुङले निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
अनुगमनको क्रममा उनले सड्क अलपत्र पर्दा यात्रुलाई सास्ती भोग्नुपरेको, आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेको बताए । निर्माण कम्पनीलाई चाँडो काम पुरा गर्न उनले आग्रह गरेका छन् । आइतबार उनले सो क्षेत्रको अनुगमन गरेका थिए ।
गुरुङले निर्माण कम्पनीलाई समयमै गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् । निर्माण कम्पनीलाई चाँडो काम पुरा गर्न निर्देशन दिँदै उनले भने, ‘नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ, निर्माण कार्यमा लापरबाही हुनु हुँदैन ।’
चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिले अबको १५ दिनमा सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण