राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की
मङ्गलबार, ०१ वैशाख २०८३, ११ : ५१
१
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन्। नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र प्रगतिको कामना गरेकी हुन्।
आफ्नो शुभकामना सन्देशमा कार्कीले विगतका अनुभवहरूबाट पाठ सिक्दै भविष्यलाई अझ उज्यालो र न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरेकी छन्। उनले मुलुकलाई समृद्धिको दिशामा लैजान कानुनी सर्वोच्चता र सामाजिक एकता अनिवार्य रहेको बताउँदै नयाँ वर्षले सबैमा न्यायपूर्ण समाज निर्माण गर्ने ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण