नयाँ पुस्ताको सोच र प्रविधि अपनाएर अघि बढौँ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, १ वैशाख पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८३ को सुखद अवसरमा सबै नेपालीमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेकी छन्। शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षले विगतका असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउन प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले विशेष गरी नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत राजनीतिक दलहरूलाई समयानुकूल रूपान्तरण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छन्। उनले समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ संकल्पसहित अघि बढ्न सबैमा आह्वान समेत गरेकी छन्।
आफ्नो सन्देशमा उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको उल्लेख गरेकी छन्। निर्वाचनमार्फत प्रकट भएको जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने उनको ठम्याइ छ। जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राखेर अघि बढ्नु नै अहिलेको राजनीतिक नेतृत्वको मुख्य दायित्व हुनुपर्ने सन्देश उनले दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण