बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सामसङ नेपालको माइक्रोवेभ मास्टरक्लास सम्पन्न

बुधबार, ०२ वैशाख २०८३, ०६ : २५
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • सामसङ नेपालले घरमै स्मार्ट तरिकाले खाना पकाउन प्रोत्साहन गर्ने उद्देश्यले माइक्रोवेभ मास्टरक्लास सफलतापूर्वक आयोजना गरेको छ।
  • कार्यक्रममा शेफ निमेश उलकले सामसङ माइक्रोवेभका विभिन्न मोडल प्रयोग गरी खाना पकाउने विधि र प्रविधिबारे प्रदर्शन गरेका छन्।
  • सहभागीहरूले सामसङको स्मार्ट थिंग्स एपमार्फत घरेलु उपकरणहरूलाई स्मार्टफोनसँग जोड्ने व्यावहारिक ज्ञान पनि प्राप्त गरेका छन्।

काठमाडौँ । सामसङ नेपालले घरमै स्मार्ट र रमाइलो तरिकाले खाना पकाउन प्रोत्साहन गर्ने उद्देश्यले विशेष 'माइक्रोवेभ मास्टरक्लास' सफलतापूर्वक आयोजना गरेको छ। शनिबार द्वारका प्यालेसमा आयोजित उक्त कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकले सहभागीहरूलाई सामसङका आधुनिक माइक्रोवेभ प्रयोग गरी विभिन्न परिकार बनाउने विधि सिकाएका हुन् ।

मास्टरक्लासमा सहभागीहरूले सामसङका सोलो, ग्रिल र कन्भेक्सन माइक्रोवेभ मोडलहरूको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाएका थिए। कार्यक्रममा शेफ उलकले माइक्रोवेभ प्रविधिमार्फत खानाको स्वाद र पोषण कायम राख्दै छिटो र सजिलो तरिकाले कसरी पकाउन सकिन्छ भन्ने प्रदर्शन गरे।

खाना तताउने र ग्रिल गर्नेदेखि बेकिङ र मल्टि-स्टेज कुकिङसम्मका सिर्जनात्मक सीपहरु सिक्दै सहभागीहरूले व्यस्त जीवनशैलीका लागि सामसङका उपकरणहरू कति उपयोगी छन् भन्ने जानकारी लिए। निःशुल्क दर्ताको व्यवस्था गरिएको यस कार्यक्रममा खाना पकाउन रुचि राख्ने गृहिणी, उत्साही युवा र प्रविधिप्रेमी उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सो अवसरमा सामसङ 'स्मार्ट थिंग्स' एपको समेत प्रत्यक्ष प्रदर्शन गरिएको थियो। सहभागीहरूले आफ्नो स्मार्टफोनमार्फत बेस्पोक एआई वाशिङ मेसिन र रेफ्रिजरेटर जस्ता घरेलु उपकरणहरूलाई कसरी लिङ्क गर्ने र दैनिक जीवनलाई कसरी सहज बनाउने भन्नेबारे व्यावहारिक ज्ञान प्राप्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप