सुरक्षण मुद्रण केन्द्रले छापिएको लाइसेन्सको सङ्ख्या वेबसाइटमा राख्न थाल्यो
सारांश
- सुरक्षण मुद्रण केन्द्रले छापिएको लाइसेन्सको सङ्ख्या आफ्नो वेबसाइटमा सार्वजनिक गर्न सुरु गरेको छ।
- केन्द्रले हाल दैनिक औसत ४० हजारका दरले लाइसेन्स छाप्ने कार्यलाई तीव्रता दिएको छ।
- जिल्लागत माग र आवश्यकताका आधारमा प्राथमिकता तय गर्दै यातायात कार्यालयहरूमा कार्ड पठाइएको छ।
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले छापिएको लाइसेन्सको सङ्ख्या आफ्नो वेबसाइटमा राख्न थालेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले छपाइको प्रगतिका बारेमा सेवाग्राहीलाई सुसूचित गराउन केन्द्रले आफ्नो वेबसाइटमा विवरणहरू पनि राख्न थालेको बताए ।
यद्यपि, प्राविधिक कारणले दैनिक लाइभ अपडेट गर्न चुनौतीपूर्ण भए पनि हरेक ३ देखि ५ दिन वा हप्ता दिनमा कति कार्डहरू छापिए भन्ने जानकारी अद्यावधिक गर्ने गरिएको उनको भनाइ छ ।
कार्यकारी निर्देशक ढुंगानाले भने,‘हामीले अहिलेसम्म कति उत्पादन गर्यौँ भन्ने विवरण सार्वजनिक गरिरहेका छौँ । यातायात व्यवस्था विभाग र कार्यालयहरूसँगको समन्वयमा छापिएका कार्डहरू सम्बन्धित ठाउँमा पठाउने व्यवस्था मिलाइएको छ ।’
साथै केन्द्रले अहिले दैनिक औसत ४० हजारका दरले लाइसेन्स छाप्न थालेको छ। कार्यकारी निर्देशक ढुंगानाका अनुसार केन्द्रले हाल दैनिक ४० हजार, दुई दिनमा ८० हजार र तीन दिनमा १ लाख २० हजारसम्म कार्डहरू उत्पादन गरिरहेको छ । वर्षौँदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीहरूलाई चाँडोभन्दा चाँडो कार्ड उपलब्ध गराउने लक्ष्यका साथ छपाई प्रक्रियालाई अघि बढाइएको बताए ।
विभिन्न जिल्लाहरूमा लाइसेन्सको माग र बाँकी रहेका आवेदनको सङ्ख्या फरक(फरक रहेकाले सोही आधारमा प्राथमिकता तय गरिएको ढुंगानाले उल्लेख गरे। 'कुनै जिल्लामा ६८ हजार त कुनैमा ९४ हजारसम्म लाइसेन्स छाप्न बाँकी देखिन्छ,’ उनले भने‘हामीले जिल्ला र यातायात कार्यालयहरूको आवश्यकता हेरेर दैनिक उत्पादनको तालिका बनाएका छौँ ।’
हाल काठमाडौँ उपत्यकाभित्रका एकान्तकुना, राधेराधे, जगाती लगायतका ठुला कार्यालयहरूको बाँकी रहेका लाइसेन्सहरू धमाधम छाप्ने काम भइरहेको छ। केन्द्रले देशभरका ४२ वटा यातायात कार्यालयहरूको विवरणका आधारमा काम गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण