प्रधानमन्त्री कार्यालयद्वारा सबै मन्त्रालयसँग सवारी साधनको विवरण माग, २४ घण्टाभित्र बुझाउन निर्देशन
सारांश
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई मातहतका सवारी साधनको विवरण २४ घण्टाभित्र बुझाउन निर्देशन दिएको छ।
- सरकारी सवारी साधनको पारदर्शी व्यवस्थापन र वैज्ञानिक प्रयोगको अनुगमनका लागि उक्त विवरण माग गरिएको हो।
विराटनगर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा रहेका सवारी साधनहरूको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
कार्यालयले आज सबै मन्त्रालयहरूलाई पत्राचार गर्दै मन्त्रालय, विभाग र मातहतका कार्यालयहरूमा प्रयोगमा रहेका तथा मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण माग गरेको हो।
सचिवस्तरीय निर्णयानुसार यो विवरण माग गरिएको हो। पत्रमा उल्लेख भएअनुसार, सबै मन्त्रालयले २०८३ वैशाख ३ गते कार्यालय समयभित्रै तोकिएको ढाँचामा विवरण अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
प्रधानमन्त्री कार्यालयले सवारी साधनको पारदर्शी व्यवस्थापनका लागि सवारीको ब्रान्ड र मोडल, सवारी साधन नम्बर, गियर सिस्टम, इन्धनको प्रकार (डिजेल–पेट्रोल–विद्युतीय), प्रयोगकर्ताको नाम र पद, सवारी साधनको वर्तमान अवस्था (चालु वा मर्मतमा रहेको) विवरण माग गरिएको छ ।
सिंहदरबारभित्रका सवारी साधनहरूको वैज्ञानिक व्यवस्थापन र सरकारी स्रोतको उचित प्रयोग भए–नभएको अनुगमन गर्न यो विवरण माग गरिएको बुझिएको छ। शाखा अधिकृत आनन्द राम श्रेष्ठद्वारा हस्ताक्षरित सो पत्रमार्फत सबै मन्त्रालयलाई यस कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण