बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

लेखा समितिमा कांग्रेसले उम्मेदवारी दिने : खड्का, गिरी, आचार्य र गाैचनमध्ये को बन्ला उम्मेदवार ?

बिहीबार, ०३ वैशाख २०८३, ११ : ४७
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ।
  • लेखा समितिको सभापतिका लागि भरत खड्का, मोहन आचार्य, योगेश शेरचन र जनकराज गिरीमध्ये एक जनालाई उम्मेदवार बनाइने भएको छ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेस सांसद भीष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिने निश्चित भइसकेको जानकारी दिए ।

‘लेखा समितिमा उम्मेदवारी दिन्छौँ,’ आङदाम्बेले रातोपाटीसँग भने, ‘प्रमुख प्रतिपक्षी दलको सभापति हुने समिति हो । त्यसमा उम्मेदवारी दिन्छौँ । बाँकी समितिमा के गर्ने भन्ने विषयमा विपक्षी दलहरूसँग केही बेलामा छलफल हुँदैछ ।’

लेखा समितिमा भरत खड्का, मोहन आचार्य, योगेश गाैचन र जनकराज गिरीमध्ये एक जनालाई उम्मेदवार बनाइने आङदाम्बेले बताए । ‘चार जनाले इच्छा देखाउनुभएको छ । उहाँहरूमध्ये एक जनालाई उम्मेदवार बनाउँछौँ,’ आङ्दाम्बेले भने । 

सङ्घीय संसद् सचिवालयले दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । मनोनयन दर्ता गर्ने स्थान सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्ष निर्धारण गरिएको छ । दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने समय निर्धारण गरिएको छ । 

प्रतिनिधिसभा अन्तर्गत १० वटा र दुई संयुक्त समिति सभापतिको निर्वाचन शुक्रबारका लागि तय गरिएको छ । गत चैत २७ गते प्रतिनिधि सभा बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम सभामुख डोलप्रसाद अर्यालले वाचन गरेका थिए । र शुक्रबारका लागि सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप