बिनाधितो कर्जा र वैज्ञानिक घरभाडा लागू गर्न अर्थमन्त्रीसँग व्यवसायीको माग
सारांश
- नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटेर साना तथा मझौला व्यवसायीका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ।
- महासंघले बिनाधितो कर्जा, वैज्ञानिक घरभाडा प्रणाली र एमआरपीको व्यावहारिक व्यवस्थापन गर्न माग गरेको छ।
- अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत साना व्यवसायीका समस्या सम्बोधन गर्ने र काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएको छ। महासंघको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री वाग्लेसँग करिब एक घण्टा लामो छलफल गर्दै उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशील हुन आग्रह गरेको हो।
महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालका अनुसार वर्तमान व्यापारिक अवस्था नाजुक रहेको र व्यवसाय उक्सिने स्थिति नभए पनि नयाँ सरकार गठनपछि व्यवसायीहरूमा आशाको किरण पलाएको छ। छलफलका क्रममा महासंघले मुख्य गरी अधिकतम खुद्रा मूल्य (एमआरपी) को व्यवस्थापन, वैज्ञानिक घरभाडा र सहुलियतपूर्ण कर्जाको विषयलाई प्राथमिकताका साथ उठाएको छ।
हाल मौज्दात रहेको स्टक र उत्पादित वस्तुहरूमा उपभोक्तालाई सहज हुने गरी एमआरपीको व्यावहारिक व्यवस्थापन गर्न महासंघले सुझाव दिएको छ। त्यस्तै, घरभाडा नीति स्पष्ट नभएको भन्दै सहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’का आधारमा वैज्ञानिक घरभाडा लागू गर्न अर्थमन्त्रीसँग माग गरिएको छ। स्थानीय सरकारलाई मात्र घरभाडाको जिम्मेवारी छोड्दा समस्या बल्झिएको महासंघको ठहर छ।
बैंकिङ क्षेत्रमा रहेको तरलतालाई साना व्यवसायीसम्म पुर्याउन ३ प्रतिशत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था गर्न पनि महासंघले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ। यसका साथै भन्सार नाकाहरूमा तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया र दररेटका समस्या समाधान गरी आयात–निर्यातलाई सहज बनाउनुपर्ने माग व्यवसायीहरूको छ।
संस्थापक अध्यक्ष कटुवालले विगतका सरकारहरूले साना, घरेलु र सटर व्यवसायीका मुद्दालाई सधैँ उपेक्षा गरेको गुनासो गर्दै यसपटक अर्थमन्त्रीबाट सकारात्मक आश्वासन पाएको बताए।
अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने र काम गर्ने सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। पञ्चायतकालदेखि नै सीमित संगठनहरूको मात्रै अर्थतन्त्रसम्बन्धी सुझाव समितिहरूमा वर्चस्व रहेको भन्दै महासंघले अब साना व्यवसायीका संस्थाहरूलाई पनि नीति निर्माणमा सहभागी गराउन माग गरेको छ। यस विषयमा अर्थमन्त्रीले अब सबैलाई समेटेर अगाडि बढ्ने सकारात्मक प्रतिक्रिया दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण