बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

नेपाली क्रिकेटमा नयाँ प्रयोग: टी-२० र एकदिवसीयका लागि छुट्टाछुट्टै कप्तान

शुक्रबार, ०४ वैशाख २०८३, ११ : ३३
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय क्रिकेटका लागि फरक-फरक कप्तान चयन गरेको छ।
  • टी-२० टोलीको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्नेछन् भने एकदिवसीय टोलीको कप्तानी रोहित पौडेलले सम्हाल्नेछन्।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी घरेलु शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गर्दै कप्तानमा नयाँ रणनीति अपनाएको छ। क्यानले आगामी वैशाखमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी-२० र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि फरक-फरक कप्तान चयन गरेको हो। 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार अब नेपालको टी-२० टोलीको नेतृत्व आक्रामक अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गर्नेछन् भने एकदिवसीय (ओडीआई) टोलीको कप्तानी रोहित पौडेलले नै सम्हाल्नेछन्।  

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अप्रिल २० र २१ हुने यूएईविरुद्धको टी-२० शृङ्खलाका लागि दीपेन्द्रको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा र लोकेश बम रहेका छन्। त्यस्तै बलिङतर्फ सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्लले स्थान बनाएका छन्। वैकल्पिक खेलाडीका रूपमा प्रतिस जिसी, नारायण जोशी र रसिद खानलाई राखिएको छ।

WhatsApp Image 2026-04-17 at 11.26.30

त्यसैगरी, अप्रिल २५ देखि मे ५ सम्म त्रिवि मैदानमै हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि पनि टोली सार्वजनिक भएको छ। नेपाल, यूएई र ओमान सहभागी हुने यस एकदिवसीय शृङ्खलामा रोहित पौडेलले कप्तानी गर्नेछन् भने दीपेन्द्र सिंह ऐरी उपकप्तानका रूपमा रहनेछन्। 

यो टोलीमा आसिफ शेख, भीम सार्की, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी जस्ता अनुभवी खेलाडीहरू समावेश छन्।

WhatsApp Image 2026-04-18 at 11.26.30

लामो समयपछि नेपालले खेलको विधाअनुसार फरक-फरक कप्तानको अवधारणा ल्याएको हो। टी-२० टोलीमा युवा र आक्रामक खेलाडीहरूको बाहुल्यता देखिन्छ भने एकदिवसीय टोलीमा अनुभव र सन्तुलनलाई ध्यान दिइएको छ। एकदिवसीय टोलीको वैकल्पिकमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल रहेका छन्।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप