नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्सबिच सहकार्य
सारांश
- नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्सबिच हस्तकला उद्योगको प्रवर्द्धनका लागि आपसी सहकार्य गर्ने समझदारी भएको छ।
- महासङ्घका कार्यक्रममा इन्सुरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराउनेछ।
काठमाडौँ । नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबिच हस्तकला उद्योगको विकास र प्रवर्द्धनका लागि आपसी सहकार्य गर्ने समझदारी भएको छ। हस्तकला क्षेत्रका विभिन्न प्रवर्द्धनात्मक गतिविधिमा इन्सुरेन्स कम्पनीलाई जोडेर लैजाने उद्देश्यका साथ शनिबार दुई संस्थाबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
यो समझदारी अनुसार महासङ्घले वर्षभरि आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा हिमालयन एभरेस्ट इन्सुरेन्सलाई साझेदार संस्थाका रूपमा प्रवर्द्धन गर्नेछ। इन्सुरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महासंघका कार्यक्रमहरूलाई वार्षिक रूपमा आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ। यस सहकार्यले नेपाली हस्तकलाको बजार विस्तार र व्यवसायीहरूको सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
समझदारी पत्रमा महासंघको तर्फबाट महानिर्देशक उत्तम प्रसाद देवकोटा र इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हस्ताक्षर गरेका छन्। हस्तकला क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउन बिमा कम्पनीसँगको यो सहकार्यले नयाँ आयाम थप्ने विश्वास महासङ्घले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण