१० देशका सैनिक अधिकृतको सहभागितामा कमाण्ड तथा स्टाफ तालिम सुरु
सारांश
- नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३३औँ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ।
- तालिमको उद्घाटन बलाधिकृत रथी प्रदीप जंग के.सी.द्वारा गरिएको हो।
- यस तालिममा १० देशका सैनिक अधिकृतसहित कुल ९२ जनाको सहभागिता रहेको छ।
काठमाडौँ । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ३३औँ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ। मंगलबार आयोजित विशेष समारोहमा सेनाका बलाधिकृत रथी प्रदीप जंग के.सी.ले उक्त तालिमको उद्घाटन गरे ।
तालिमको उद्घाटन गर्दै बलाधिकृत रथी के.सी.ले सो तालिमले शिक्षार्थी अधिकृतहरूबिच अनुभवको आदान–प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। तालिमपश्चात् अधिकृतहरूले अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा परिवेशको विश्लेषण गर्दै व्यावहारिक योजना तयार गर्न सक्षम हुने बताए।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिममा ९२ जना अधिकृतहरू सहभागी छन् । नेपाली सेनाका ४ महिला सहित ७९ जना छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट ३ जना सहभागी छन्।
चीनका २ जना तथा अमेरिका, बेलायत, बङ्गलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका एक एक जना अधिकृत सहभागी छन् ।
वि.सं. २०४९ पौष १४ गते स्थापना भएको यस कलेजबाट हालसम्म १५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।
जसमा नेपाली सेनाका १ हजार ३०८ जना, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बलका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रका १३२ जना अधिकृतहरूले तालिम लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण