पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सारांश
- नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ।
- आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
- मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज तातो दिन हुने सम्भावना रहेको छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ ।
दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने, मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।
आज राति देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महामन्त्रीमा ८ जनाको उम्मेदवारी
-
यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड
-
विकेन्द्रीकरण र व्यवस्थित सहरीकरणका लागि लेखनाथको पुनःस्थापना अनिवार्य
-
रास्वपाको उपसभापति दौडबाट समीक्षा बाँस्कोटा पछि हटिन्
-
ब्राइटनको संघर्षदेखि विश्वकप गोल्डेन बुट दाबेदारसम्म
-
पोखराबाट लेखनाथ टुक्र्याउने बेमौसमी बहस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण