लागत बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
सारांश
- नेपाल पानी उद्योग महासंघले कच्चा पदार्थ र ढुवानी खर्च बढेको भन्दै प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय गरेको छ।
- महासंघले बोतल, क्याप र जार लगायतका कच्चा पदार्थमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको जनाएको छ।
- उद्योगको दिगोपन र नियमित आपूर्तिका लागि लागत अनुसार मूल्य समायोजन गर्नु बाध्यकारी भएको महासंघले उल्लेख गरेको छ।
काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको महासंघको भनाइ छ ।
पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको प्रभावले नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएको महासंघले उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो । उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्तिका लागि लागतको अनुपातमा मूल्य समायोजन गर्नु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ ।'
महासंघले सरकारसँग उद्योग सञ्चालनलाई सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेको छ । महासंघका महासचिव ध्रुव प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा उपभोक्ता, वितरक र सरोकारवाला निकायलाई यो बाध्यात्मक परिस्थितिलाई बुझिदिन र सहयोग गर्न अपिल समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण