बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राप्रपा विवाद

राजेन्द्र लिङ्देनलाई युवा नेताको प्रश्नः पार्टीका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुँदा नैतिकता देखाउनु पर्दैन ?

शनिबार, ०५ वैशाख २०८३

काठमाडौँ । फागुन २१ गतेको निर्वाचनपछि पुराना भनिएका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाभित्र अन्तरद्वन्द्व चर्किएर गएको छ । 

सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि त्यो दलभित्रको विवाद मत्थर होला वा चर्किएर जाला हेर्न बाँकी छ । तर, अन्य दलभित्रको विवाद भने पार्टी विभाजनसम्म पुग्ने हो कि भन्ने आशङ्काहरू गरिँदैछ । 

पिताजीको निधन, लगत्तै गिरफ्तारी, लगत्तै पत्थरीको अपरेसनका कारण केपी ओलीको पद लम्बिएको एमाले नेताहरूले नै बताइरहेका छन् । यसको मतलब त्यो पार्टीभित्रको विवाद अब बैठक बस्ने बित्तिकै उत्कर्षमा पुग्ने निश्चित जस्तै छ । यता यदि अध्यक्ष राजेन्द्र लिङ्देन इतर समूहको मागप्रति लचक नबने राप्रपा फुट्ने निश्चित छ । जेठभित्र महाधिवेशन नभए पार्टीमा बस्न नसकिने कुरा त राप्रपाका नेताहरूले रातोपाटीसँगको अन्तर्वार्तामा स्पष्ट रूपमा भनेका छन् । 

पार्टीको केन्द्रीय कमिटीमा ४० प्रतिशत युवाहरूको सहभागिता गराउने अध्यक्ष लिङ्देनको निर्णयलाई युवाहरूले नै हास्यास्पद भनी टिप्पणी गरेका छन् । तीमध्येका एक हुन् पार्टीका युवा नेता रञ्जन कार्की । विधि, प्रक्रिया आफै मिच्ने र निर्वाचनमा पार्टीको शर्मनाक पराजय हुँदा समेत नैतिकता नदेखाउने अध्यक्षले अरूलाई यो र त्यो नाममा आरोप लगाउनु हास्यास्पद भएको कार्कीको भनाइ छ । जेनजी पुस्ताका कार्कीसँग रातोपाटीले गरेको विस्तृत कुराकानी भिडियोमा:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया