हवाइ क्षेत्र आंशिक रूपमा खुल्ला गरिएकाे छ : इरानी उड्डयन प्राधिकरण
शनिबार, ०५ वैशाख २०८३, १५ : २९
सारांश
- इरानी नागरिक उड्डयन प्राधिकरणले इरानका केही एयरपोर्ट र हवाई क्षेत्र शनिबारदेखि आंशिक रूपमा खुला गरेको छ।
- प्राविधिक र परिचालन तयारी पूरा भएपछि उडान सञ्चालन बिस्तारै सामान्य हुने जनाइएको छ।
- अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि बन्द गरिएको हवाई क्षेत्र पुनः सुचारु गरिएको हो।
तेहरान । इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्टहरू शनिबारदेखि आंशिक रूपमा पुनः खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही एयरपोर्टहरू र हवाई मार्गहरू अन्तर्राष्ट्रिय उडानहरूको लागि पुनः खोलिएको प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।
देशको सैन्य र नागरिक अधिकारीहरूले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी एयरपोर्टहरूमा उडान सञ्चालन बिस्तारै सामान्य हुन जनाइएको छ ।
गत फेब्रुअरी – २८ मा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण