बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रन्जित गजमेरको संगीतमा कमल किरण बराइलीले ल्याए 'जुनीभरि'

शनिबार, ०५ वैशाख २०८३, २१ : २२
शनिबार, ०५ वैशाख २०८३

काठमाडौँ । गायक कमल किरण बराइलीले वरिष्ठ संगीतकार रन्जित गजमेरको संगीतमा 'जुनीभरि' गीत ल्याएका छन् ।

गीतमा एकनारायण भण्डारीको शब्द छ भने गायनमा कमललाई प्रज्ञाश्री विश्वकर्माले साथ दिएकी छन् । गीतमा रन्जित गजमेरकै एरेन्ज छ ।

मायाप्रेमको भावको गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका छन् । भिडियोमा कमल र प्रज्ञाश्रीका साथै परिष्का बराइली फिचर्ड छन् । भिडियोमा विवेक विकको छायांकन र रविन विकको सम्पादन तथा कलर संयोजन छ ।

लामो सयदेखि सांगीतिक क्षेत्रमा सक्रिय कमलका डढेलो, हरसाँझ, आमा, तल्लाघरे सान्नानी, रंगेहात लगायत गीत सार्वजनिक छन् । उनी गायक रियालिटी शो 'बागीना'का विजेता समेत हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप