विक्रम धमलाको 'डाँडापारि' सार्वजनिक
शनिबार, ०५ वैशाख २०८३, २१ : २७
काठमाडौँ । गायक विक्रम धमलाले नयाँ गीत 'डाँडापारि' ल्याएका छन् ।
लोकपप शैलीको गीतमा नवराज मैनालीको शब्द र प्रकाश ओझाको संगीत छ । गीतलाई डम्बर लिम्बूले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा विक्रम आफैं फिचर्ड छन् । अरूण न्यौपानेले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका हुन् ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय विक्रमले केही समयअघि 'भोजपुरदेखि' र ‘दर्शन ढुंगा’ गीत सार्वजनिक गरेका थिए ।
डेढ दशकअघि आफ्नै शब्द तथा संगीतमा ‘मुस्कानभित्र रोदन मेरो’ गीतबाट संगीतमा पाइला चालेका विक्रमले ‘महसुस’ र ‘आहत’ गरी दुई सोलो एल्बम निकालेका छन् । उनका साँच्चै के हो माया, महसुस, मादलु लगायत गीत रुचाइएका छन् । फूलको गमला, शुभ तिहारलगायत अन्य गीत पनि उनका सार्वजनिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण