१० बजे १० समाचार : देउवा पक्षले गर्यो फैसला स्वीकार, एमाले युवा नेताले गरे खबरदारी
काठमाडौँ । आज मिति २०८३ साल वैशाख महिनाको ५ गते शनिबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ ।
१. देउवा पक्षले स्वीकार गर्यो सर्वोच्चको फैसला
नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात् गर्ने निर्णय गरेको छ।
२. रास्वपाले बोलायो सचिवालय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गरेका छन् । आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सो बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
३. एकताको कुरा नगर्न एमाले युवा नेताको खबरदारी
नेकपा एमालेको ११औँ महाधिवेशनका केही युवा क्लष्टरका प्रतिनिधिहरूले पार्टी पुनर्गठनको सवाललाई विषयान्तर गर्दै पार्टी एकताको कुरा नगर्न नेतृत्वलाई खबरदारी गरेका छन् ।
४. पेरिसडाँडामा आमरण अनसन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र युवा नेतृत्वको सुनिश्चितताका लागि दबाब दिँदै पार्टी कार्यालय पेरिसडाँडामा आमरण अनसन सुरु भएको छ । नेकपाका युवा नेता भुवनसिंह विष्टले शनिबारदेखि अनसन सुरु गरेका हुन् ।
५.शक्ति सञ्चय गर्दै सेयर बजार
यो साता नेप्से परिसूचक सामान्य परिवर्तनका साथ २८३८.४० अंकमा पुगेर स्थिर देखिएको छ। बजारमा क्रेता र विक्रेताबीच अन्यौलता कायम रहेकाले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन्।
६. सिंगापुरे नागरिक पक्राउ प्रकरण
विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा प्रहरीले ६ जना सिंगापुरका नागरिकलाई नियन्त्रणमा लिएको छ।
७. एमाले अध्यक्ष ओली डिस्चार्ज
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएका ओलीको सचिवालयले जनाएको छ ।
८. शनिबार विशेष
९. दुई बालकको मृत्युले उब्जाएको प्रश्न
कैलालीको चुरे गाउँपालिकामा मरेको बोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीम ताम्राकारको उपचारका क्रममा ज्यान गएको हो।
१०. सरकारविरुद्ध बोल्न सबै डराए : प्रसाईँ
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाएको आरोप लगाएका छन् । गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाउँदा समेत प्रतिपक्षी दल बोल्न नसकेकोले सदन प्रतिपक्षीबिहीन बनेको उनको आरोप थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण