रक्षा बमको प्रश्न– प्रतिपक्ष खोइ गगन ?
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसका सभापति गगन थापाको मौनतामाथि गम्भीर प्रश्न उठाएकी छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले वर्तमान सरकारको कार्यशैली र त्यसमा प्रतिपक्षको भूमिका कमजोर देखिएको भन्दै गगनको खोजी गरेकी हुन् ।
अभियन्ता बमले झन्डै दुई तिहाइको सरकारले शक्तिको आडमा जनतामाथि दमन गरिरहेको आरोप लगाएकी छन् ।
पछिल्ला केही घटनाहरूलाई उद्धृत गर्दै उनले प्रहरीले एक महिलाको घाँटी निमोठ्दै गरेको भिडियो, डोजरले घर भत्काउँदा बच्चा च्यापेर रोइरहेकी आमाको तस्बिर र व्यापारीहरूमाथि भइरहेको लाठी प्रहारका घटनाले सर्वसाधारणलाई मर्माहत बनाएको उल्लेख गरेकी छन् ।
यस्ता गम्भीर मानवीय मुद्दाहरूमा पनि संसद्को दोस्रो ठूलो दलका सभापति थापा किन मौन रहेको भन्दै उनले प्रश्न गरेकी छन् ।
'तपाईंले भन्दै आएको सुध्रिएको कांग्रेस वा नवीन कांग्रेस भन्ने कुरा सत्ता हातमा हुँदा मात्र देखाउने योजना थियो र ? बमको प्रश्न छ । नेता जुनसुकै पक्षमा भए पनि अन्ततः जनताको पीडा र मुद्दा बोक्नुपर्नेमा उनले जोड दिएकी छन् ।
जनताको घाँटी निमोठ्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले सरकारलाई इतिहास रच्ने म्यान्डेट प्राप्त भएको तर अहिलेका कार्यहरू इतिहासबाट खस्ने खालका भएको टिप्पणी गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण