'हिजोसम्म देउवाको खुट्टामा बल थियो, सर्वोच्चले गगनको खुट्टामा फालिदियो'
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले फैसला गरेसँगै शेरबहादुर देउवा पक्षले अब पार्टी हाँक्ने सम्पूर्ण जिम्मेवारी गगन थापाको काँधमा पुगेको टिप्पणी गरेको छ।
शुक्रबार अदालतको फैसलासँगै शनिबार रणनीति बनाउन बसेको देउवा पक्षीय नेताहरूको बैठकले पार्टीभित्रको कानुनी लडाइँ सकिएको निष्कर्ष निकाल्दै अबको नेतृत्व र एकताको परीक्षा गगन थापाले दिनुपर्ने बताएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवा पक्षका नेता मीन विश्वकर्माले भने, 'हिजोसम्म शेरबहादुर देउवाको खुट्टामा बल थियो, तर सर्वोच्च अदालतले हिजो त्यो बल गगन थापाको खुट्टामा फालिदिएको छ।'
उनले अगाडि थपे, 'अदालतले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको समितिलाई वैधानिकता दिएपछि अब पार्टीलाई कसरी एकताबद्ध बनाउने, कसरी सबैलाई समेटेर ठूलो पार्टी बनाउने भन्ने जिम्मा र चुनौती उहाँकै हातमा पुगेको छ।'
देउवा पक्षले अदालतको फैसलामा आफ्ना केही असहमति रहे तापनि लोकतान्त्रिक मूल्य र विधिको शासनलाई सम्मान गर्दै गगन थापा नेतृत्वको समितिलाई स्वीकार गरेर अघि बढ्ने स्पष्ट पारेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण