देउवा पक्षले अब पूर्णबहादुरलाई 'कार्यवाहक सभापति' नभन्ने
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने फैसला गरेसँगै शेरबहादुर देउवा पक्षले पूर्णबहादुर खड्कालाई अबदेखि 'कार्यवाहक सभापति' नभन्ने भएको छ ।
शनिबार राजधानीमा आयोजित देउवापक्षीय नेताहरूको छलफलले न्यायलयको आदेशलाई स्वीकार गर्दै खड्का अब पूर्वकार्यवाहक सभापति भएको बताएको हो । यसअघि देउवा पक्षले सभापति गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र अदालतमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा प्रस्तुत गर्दै आएको थियो ।
छलफलपछि देउवा पक्षका नेता मीन विश्वकर्माले भने, 'हिजोसम्म उहाँ (पूर्णबहादुर खड्का) कार्यवाहक सभापति हुनुहुन्थ्यो, तर अदालतको फैसलाले अर्को पक्षलाई आधिकारिकता दिएपछि अब हामीले त्यसलाई स्वीकारेका छौँ । अब पार्टीको वैधानिक नेतृत्व गगन थापाकै हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण