यथार्थबाट ध्यान अन्यत्र मोड्न पर्दाभित्रबाट अप्रासंगिक बहस चलाइयो– विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरूले हालै चलिरहेको वामपन्थी एकताको चर्चालाई अस्वीकार गर्दै यसलाई असान्दर्भिक र पार्टीको मुख्य कार्यसूचीबाट ध्यान मोड्ने प्रयासको संज्ञा दिएका छन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेलले शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको गम्भीर समीक्षा र पार्टी पुनर्गठन नै अहिलेको प्रमुख प्राथमिकता भएको बताएका छन् । उनले वाम एकताको चर्चालाई यथार्थबाट ध्यान अन्यत्र मोड्न 'पर्दाभित्रबाट' चलाइएको अप्रासंगिक बहसको रूपमा टिप्पणी गरेका छन् ।
आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, 'नेकपा एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समिक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाईरहेका हुन् ?'
पौडेलको यो धारणा आउनुअघि दुई दिनपहिले पार्टीका महासचिव शंकर पोखरेलले पनि यस्तै आशय व्यक्त गरेका थिए । पोखरेलले यस प्रकारका चर्चालाई 'भ्रमपूर्ण एजेन्डा सेटिङ गर्ने र त्यसैलाई आधार बनाएर बहस चलाउने प्रवृत्ति' भन्दै खण्डन गरेका थिए ।
पछिल्ला केही दिनयता विभिन्न सञ्चारमाध्यममा एमाले र नेकपा लगायतका वामपन्थी शक्तिहरूबिच एकता हुन सक्ने आशयका समाचार र विश्लेषणहरू प्रकाशित भएपछि एमालेका शीर्ष नेताहरूले यसबारे मुख खोलेका हुन् ।
एमाले नेतृत्वको पछिल्ला अभिव्यक्तिहरूले पार्टी तत्काल कुनै पनि एकता प्रक्रियामा सामेल नहुने र कुनै पनि यसप्रकारको तयारी नभएको बुझिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण