बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

‘भेहिकल फ्री जोन’ घाेषणा भएपछि यस्ताे देखियाे असन क्षेत्र (तस्बिरहरू)

शनिबार, ०५ वैशाख २०८३, १४ : ३५
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले असन क्षेत्रलाई आजदेखि प्रत्येक शनिबार 'भेहिकल फ्री जोन' घोषणा गरेको छ।
  • कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उद्घाटन गरेको यस व्यवस्थाअनुसार तोकिएका चोकहरूमा शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ।
  • सवारी निषेध गरिएका क्षेत्रहरूमा अब सांस्कृतिक कार्यक्रम, रैथाने ज्ञान र सीपको प्रदर्शनीलगायतका क्रियाकलाप सञ्चालन हुनेछन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रलाई आजदेखि प्रत्येक शनिबार ‘भेहिकल फ्री जोन’ बनाएको छ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज यसको विधिवत् उद्घाटन गरेकी हुन् । अबदेखि हरेक शनिबार कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लागेको छ । 

asan-free-vehicle-zone (5)

सवारी निषेध भएसँगै असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हरेक शनिवार अबदेखि जमलतर्फ कःमिलाछी (कमलाक्षी) सिंह ढोकाबाट असनतर्फ, भोटाहिटी कलश ढोकाबाट असनतर्फ, वीर अस्पतालबाट महाबौद्ध स्तूपतर्फ, वटु गणेश र भोँसीकोस्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ सवारी लैजान पाइने छैन । 

asan-free-vehicle-zone (1)

यसका लागि इन्द्रचोक, मच्छिन्द्र बहाल, मांस गल्ली, गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ, न्हकेटलाबाट असनतर्फ र ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ । 

शनिबारका दिन असन आउने आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ, जमल बहाल, दरबार हाईस्कुल तथा अन्य तोकिएका स्थानमा सवारी साधन राखेर पैदल यात्राबाट असन प्रवेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

asan-free-vehicle-zone (2)asan-free-vehicle-zone (3)asan-free-vehicle-zone (6)asan-free-vehicle-zone (7)asan-free-vehicle-zone (8)asan-free-vehicle-zone (9)asan-free-vehicle-zone (10)asan-free-vehicle-zone (11)asan-free-vehicle-zone (12)asan-free-vehicle-zone (13)asan-free-vehicle-zone (14)asan-free-vehicle-zone (15)asan-free-vehicle-zone (16)asan-free-vehicle-zone (17)asan-free-vehicle-zone (18)asan-free-vehicle-zone (19)asan-free-vehicle-zone (20)asan-free-vehicle-zone (21)asan-free-vehicle-zone (22)asan-free-vehicle-zone (23)asan-free-vehicle-zone (24)asan-free-vehicle-zone (25)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप