राजनीति
पूर्णबहादुर खड्काले बोलाए देउवा पक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक
शनिबार, ०५ वैशाख २०८३, १७ : १३
३
सारांश
- सर्वोच्च अदालतको फैसलापछि पूर्णबहादुर खड्काले देउवा पक्षका निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।
- आइतबार धुम्बाराहीमा बस्ने बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुने भएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले शुक्रबार विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिलाई आधिकारिकता दिने फैसला गरेपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय सदस्यहरूको बैठक बोलाएका छन्।
आइतबार मध्यान्न १२ बजे बस्ने गरी धुम्बाराहीस्थित स्मार्ट होटलमा खड्काले निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले रातोपाटीलाई जानकारी दिइन्।
खड्काले शनिबार आफ्नो पक्षका निवर्तमान पदाधिकारीहरूसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । त्यो छलफलपछि निवर्तमान केन्द्रीय समितिका सदस्यहरूको बैठक बोलाउने निष्कर्षमा खड्का पुगेका हुन् ।
बैठकमा पार्टीमै बसेर १५ औँ महाधिवेशनको तयारी गर्ने कि अलग बाटो रोज्ने भन्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण